जिवनका यि अनेक परिक्षा–एक पछि अर्को आउने क्रमले निरन्तरता पाउने रहेछन ।
एक सकिन पाएको हुँदैन अर्को ले ढोका ढकढक्याउँदोरहेछ ।

यो जिवनलाई सहज भनौं भने सानो कुराले पनि ठूलो मूल्य मागेको हुन्छ ,
त कहिले जटिलताको उपनाम दिँन खोज्दा नइच्छाएको कुराले पनि जीवन भरिन पुग्छ ।

तर आश्चर्यवाचक र प्रश्नवाचक चिन्ह लागिरहेको यो जीवनलाई भने
त्यो हिलै हिलोको बिचमा फुल्ने कमल जस्तै बनाउने प्रयास निरन्तर चलिरहेको हुन्छ ।

अप्सरा भट्टराई (अप्पु)
थप जानकारी