काठमाडौं । गीतकार तथा कथाकार अर्जुन दुङमेनको कथा सङ्ग्रह ‘झुमा’ सार्वजनिक भएको छ । उक्त सङ्ग्रह राजधानी काठमाडौँमा आइतबार सार्वजनिक भएको हो । सङ्ग्रहमा एभिएसन, लुटिएको विश्वास, हातेपत्र, कुरूक्षेत्र, विस्मृति, बेमौसमी भेट, झुमा, नाकाबन्दी, घुम्न आएकी केटी, बृद्धप्रेम, कोभिड नाइन्टिन र दु:खीलालको कथा गरि जम्मा बाह्राओटा कथाहरू सङ्ग्रहीत छन् ।
मायाप्रेम, प्रकृतिप्रेम, गाउँले जीवन, देशपरदेश, राजनैतिक तथा सामाजिक विकृतिबिसंगतिका कुरा लगायत वर्तमान विश्वपरिवेशका कुराहरूलाई कथाकार दुङमेनले आफ्ना विभिन्न कथामार्फत सरल तरिकाले चित्रण गरेकाछन् ।
कथाकार दुङमेनको कथा सङ्ग्रह ‘घुम्तीबिचका पर्खालहरू’ र भिडियो गीतिसङ्ग्रह ‘जीवनयात्रा’ करिब एकदशक पहिले बजारमा आएका थिए ।