तीन मुक्तक

१)
बनाएर जिन्दगी ~ डामाडोल बस्न तयार छु
जोगाईराख्न गुणस्तर र ~ मोल बस्न तयार छु
तिमी चक्लेट बनेर दुनियाँको मुख मिठो बनाउनु
म सँधै सँधै बनेर तिम्रो ~ खोल बस्न तयार छु।

२)
प्रस्ताव राख्यौ मेरै मनको पुरस्कार दिन मन छ।
जिन्दगीभर तिम्रै बन्ने वचनको पुरस्कार दिन मन छ।
मेरो दिलमा राज गर्न प्रथम भएकोमा तिमीलाई
भेटमा एउटा मीठो चुम्बनको पुरस्कार दिन मन छ।

३)
धन भन्नू, दौलत भन्नू तिमी मात्रै हौ
सान भन्नू, इज्जत भन्नू तिमी मात्रै हौ
तिमी भए अरु सपना यसै पूरा हुन्छन्
मेरो मुख्य जरुरत भन्नू तिमी मात्रै हौ।

दिनेश पुन
थप जानकारी