१
प्रेमको कमी
हृदयको खेतमा
फाटेको धाँजा !

२
थोरै प्रतीक्षा
अलिकति धैर्यता
पावन प्रेम !

३
वरिपरि छन्
सास फेर्ने मेसिन
मान्छे कहाँ छन् ?

४
गोधूलि साँझ
तिम्रो र मेरो साथ
प्रेम सौगात !

वत्सराज कोइराला
थप जानकारी