प्रेमको कमी
हृदयको खेतमा
फाटेको धाँजा !


थोरै प्रतीक्षा
अलिकति धैर्यता
पावन प्रेम !


वरिपरि छन्
सास फेर्ने मेसिन
मान्छे कहाँ छन् ?


गोधूलि साँझ
तिम्रो र मेरो साथ
प्रेम सौगात !

वत्सराज कोइराला
थप जानकारी