![](https://anirudrakhabar.com/wp-content/uploads/2023/08/Capture-1691891804.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2023/08/Capture-1691891804.jpg)
हेटौंडा । शनिवार हेटौंडामा संयुक्त मुक्तक वाचन तथा ११ औं नियमित मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुक्तककार मिथिला अधिकारी र सानु खनालले संयुक्तरुपमा दश-दशवटा आफ्ना मुक्तकहरु वाचन गरेका थिए ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यसेवी तुलसी घिमिरेको प्रमुख आतित्थयतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक कवि निमेष निखिल, साहित्यकार विश्वनाथ संजेल, मुना अर्याल, मञ्चका उपाध्यक्ष किशन पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्ता गरेका थिए ।
युवा साहित्यकार अम्रिता लामिछानेले सहजिकरण गरेको कार्यक्रममा मुक्तककारहरु केशव समर्पण, चिरन्जिवि लामिछाने, बैकुण्ठ लामिछाने, रजनी पौडेल, अनु रोक्का, सुुवास सजल, टिका अविरल, देवराज तिवारी, हेमन्त ढुङ्गेल, ओमभक्त भण्डारी, समीर पाख्रिन, सागर तिमल्सिना लगाएतकाले आ–आफ्ना मुक्तक वाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्