हिजाे,
निर्जन थियाे तिम्राे सहर, किनकि
पहिराेमा थियाे तिम्राे घर।
लक्ष्य थियाे दुरदराजमा, त्यसैले
एक्लाे भयाै आफ्नै समाजमा ।।

पल्लाे सिरानमा गन्तव्य बाेकेर
सतहमा बिझाउने चट्टान राेपेर
तिम्राे सामु कठिन सडक
लमतन्न सुतिरहेथ्याे ।
तिम्राे पैतालाकाे हिफाजत गर्न
आफैं ती चट्टानहरुकाे धारमा पर्न
चाेटिला चुम्बन दिई आफ्नाे गालालाई
ढाडमा बसालेकाे थिएँ तिम्राे पैतालालाई ।।
म हुँ तिम्राे पुरानाे चप्पल ।।

हिँड्दाका ती चाेटहरुले
बनेका अनेकाैं खाेटहरुले
पातलिएको मेराे तलुवाले,
तिमीलाई बिझाउन थालेछन ।
अङ्गाल्दा तिम्रा गाेडाका औंलाहरु
खिईएकाे मेरा फित्ताहरुले
तिम्रा काेमल ती औंलाहरुलाई
बिझाउन थालेछन ।।
म हुँ तिम्राे पुरानाे चप्पल ।।

आज,
याे समाजले तिमीलाई आफ्नाे बनाएकाे छ, किनकि
उराठ त्याे जीवनमा फेरि हरियाली आएकाे छ।
बस्न सकिन बधाई नदिई म तिम्राे खुसीमा,
पहिले मेराे भर पर्नुपर्ने बाध्यता ताेडेर त्याे पैतालाले
नयाँ आरामदायी अनगिन्ती जुत्ता पाएकाे छ ।।
म हुँ तिम्राे पुरानाे चप्पल ।।

वैभव प्राप्तिको उच्चतम सन्तुष्टि
भावी दिनमा चाख्नु छ तिमीले ।
परिस्थिति अनुरुप समाजमा हैसियत
प्रस्तुत गरि राख्नु छ तिमीले ।।
तिम्राे अतीत देखेकाे याे चप्पलले
तिमीलाई दुखाउन सक्छ।।।
त्यसैले,
मलाई कुनै पखेरामा फाली अघि बढ्न सक्छाै,
विलासिताका साथ सफलताकाे शिखर चढ्न सक्छाै ।
तर कुनै दिन कठिनाई परि सम्झ्याै भने मलाई
कमजाेर मेराे ढाडमा पैताला पुनः रगड्न सक्छाै ।।
किनकि,
म हुँ तिम्राे दुखकाे साथी ।
म हुँ तिम्राे पुरानाे चप्पल।।
म हुँ तिम्राे पुरानाे चप्पल ।।।

 

राजु रिमाल (निश्चल)
थप जानकारी