हेटौंडा । महाशिवरात्रिको पूर्व सन्ध्यामा चर्चित पप गायक कमल के क्षेत्रीको नेपाली शिव ताण्डव सार्वजनिक भएको छ ।

भोले बम बम बोलको ४ मिनेट २६ सेकेन्डको भिडियो उनले सार्वजनिक गरेका हुन् । हेटौंडाका संचार उद्यमी सरोज न्यौपानेको शब्द रहेको शिव ताण्डवमा रुपेश श्रेष्ठको अभिनय गरेका छन । काठमाडौं स्थित पशुपतिमा छायाँङ्कन गरिएको भिडियोको सम्पादन दावा स्याङ्बोले गरेका छन् भने सुधीर इन्टरटेनमेन्टले प्रमोट गरेको हो ।

हेटौंडा स्थायी निवासी क्षेत्री पप गायनमा अब्बल हुनुका साथैं पछिल्लो समय अध्यात्ममा बढी झुकाव राख्दै आएका छन् । उनले भोले बाबा प्रति समर्पित हुँदै शिवरात्रिको पूर्व सन्ध्यामा शिव ताण्डव आफ्नो आधिकारीक युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

उनको एक दर्जन बढी गितहरु चर्चित र रुचाइएका छन । उनी पछिल्लो समय मेला तथा महोत्सवमा पनि व्यस्त गायक हुन । यसअघि कमल के क्षेत्रीले “आई लव यु ‘नाचन’, ‘तिम्रै मायाँले’, ‘पिपल पाते’, ‘मेरो माया’, सम्झना बिर्सना जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् । उनी नेपाली गायक, संगीतकार र गीतकार हुन् । दुई दशकदेखि उनी नेपाली स्रोताको मन मस्तिष्कमा छाउन सफल गायक हुन् ।