गर्नुपर्ने खासै केही छैन ।
सुन है !!
बाढी ,पहिरो,
आगो ,खडेरी
हिमपात यत्ती सहाना गर्नु !
कसैको जिबनकै जीवन् निमार्ण गर्न
अटुट, बलियो जग बसाल्दा
जस्तैको कुनेपत्थर बन्नु
अपेक्षा केही नगर्नु
घर ,पर्खाल आलय
घडेरी बनाउनु
यो तिम्रो कर्म हो ।

चाहे यो धाम बनाउन होस,
यात कसैको भविस्य बनाउन
तिमी लागीरहनु तर फल फिर्ता पाउने आश भने नराख्नु !
तर तिमी टुट्ने छौं
आश
विश्वास टुटेझै तिमी टुट्ने छौ !
तर अनुभुती गरेझैं गर्नु तर नगर्नु
कुनै यथाहस्थानमा रहन्छु नभन्नु
ती तिम्रा अधिकार होइनन् र दिदैन्नपनि
तिमीलाई तिम्रो इच्छा विरुद्ध नै तोडिन्छ
बस तिमी शान्त रहनु ,
चुपचाप रहनु ,
पत्थर बन्नु तिमी !!

तिमीलाई अनेक थरी परिक्षा लिनेछन्
पिडा दिनेछन् ,कष्ट दिनेछन्
तर पीडामा बरदान
कष्टमा दया ,परिक्षा
तर तिमी भने प्रेम मात्रै दिनु
यी सब शिरोपर गर्नु सहनु
पत्थर बन्नु तिमी !!

तिमीलाई हरप्रकारका रङ्ग ,रुप देखाइदै
प्रहार घरीघरी परिआए दिनानुदिन गरिन्छ!!
तर तिमी महान बन्ने कर्ममा प्रेम मात्रै गर्नु !!
अनि तिमी महान छौँ ,भन्ने कसैले देख्ने छैन
बस तिमीले महान प्रेम गर्नु ,
अनि कर्म त्यसमै आउछ
अनि मात्रै तिमी महानप्रेम कर्ता आफैंमा कहलाइनेछौ११
बस सहना गर्ने पत्थर बन्नु तिमी!!

छानीछानी ,ताकिताकी हरेक तवरले
प्रहार तिमीमाथी नै गरिनेछ
हिर्काइनछ तिमीलाई नै शब्दकै
वाणले भएपनि रचोट्ले पनि
आभाष गर्नु तर नदेखाउनु !
आदर्श बन्न कोसिस गरिरह्नु
पत्थर बन्नु तिमी !!

हुन त तिमी निर्दोष ,अबोध,कोमल हौँ ।
तर तिमीलाई ओल्टाइ,पल्टाइ गरेर पिट्न्छ!!
बेसाहारा,थर थर काप्दै
बिंबस्ता ,बाध्यतामा समर्पित हुने
तर चुपचाप,मौन बस्नु ।
बज्रन्छ्न,ओर्हिन्छ्न
तर नरिसाउनु , प्रेम गर्नु
बलियो बन्नु,
पत्थर बन्नु तिमी !!

मारिनु,तोडिनु तर नरोक्नु
प्रत्येक कुराको मात्र स्पर्श गर्नु
अनुभुती गर्नु तर नदेखाउनु
पत्थर बन्नु तिमी !!

दीपा परियार (मधु)
थप जानकारी