रोगको मात्रै हैन यहाँ, भोकको पनि कहर छ
गाउँले बरु दुस्ख बुझ्छ, निर्दयी त सहर छ ।।

कसैले थोरै राहत, ल्यायो मेरो भान्छासम्म
तर उसलाई मसँग, फोटो खिच्ने रहर छ ।।

चिल्ला गाडी चढ्नेले, किन आँखा देख्दैनन्
हेर्नोस् त सडकभर, भोकाहरुको लहर छ ।।

कोही सिङ उम्रिएका, कोही दाह्रा पलाएका
मान्छे पनि मान्छे भएनन्, मेरो यस्तो ठहर छ ।।

मेरा प्रगति देखी जल्नेलाई, विशेष अवसर जानुस्
घुट्क्याइदिनुस्, पर बोतलमा जहर छ ।।

केशव समर्पण सुवेदी
थप जानकारी