आज सदा झैँ
उहीँ ठाउँमा सम्झिए
त्यो मासुम मुहार
त्यो स्पर्श
त्यो निकै अवोध बानी
त्यो चन्चल स्वाभाव
तिमी समीप भएकै ठाउँमा तिमीलाई सम्झिए !!

यो पवनको स्पर्श तिम्रो झैँ लाग्छ
यो प्रकृतिको सुन्दरता तिम्रा अधर जस्तो लाग्छ
प्राण फेरि सम्झिए ।
यो पत्थर मनलाई तिमीले नै त पगालेका थियौ
आज यी पत्थरहरुले तिम्रो राप बोकिरहेको छ
र यी आँखाले साँच्चै मिलेका
ती तिम्रा आँखामा डुब्नखोजिरहेको छ
यो प्रकृति
यो बाटो
यो सम्झना
यो सम्झना नभएर काश तिमी भए
अनि मेरो भनेको चल्ने भए
यो हावालाई मन्द चलिरहन भन्थे
यो प्रकृतिमा कुनै अवरोध नआभन्थे
यो बाटोलाई नसकिनु भन्थे
यो समयलाई नबित्नु भन्थे
यसैपनि तिमी पास हुँदा
मेरो यी कदम चल्नैचाहादैन्न
यी अधर बोल्नै खोज्दैन्न
मात्र मौन बसेर
तिमीलाई सुन्न
तिमीलाई पढ्न
तिमीलाई बुझ्न्
तिमीलाई हेर्न
मात्रै चाहा हुन्छ
यहीँ ठाँउमा
उहिले नभएर
अहिले तिमी भैदिएको भए
यी मौनताका सबै
बखान तिम्रा सामु छताछुल्ल हुनेथिए
अनि थकान बिसाउने थिए ।।।

दीपा परियार (मधु)
थप जानकारी