पाएनन कसैले ,हकअधिकार दुःख लाग्छ
सत्तामा पुगेका छन लुटेरा, गदार दुःख लाग्छ।।
ह्जारौँ जनताको आहुतिको सम्बोधन खै
देश हत्याराको चल्छ ,सरकार दुःख लाग्छ।

हाम्रो जस्तै सबैको मन, दुखेर किन जाँदैनर ?
आँखै अगाडी आउने ,तस्बीर लुकेर किन जाँदैनर ?
प्रेमको सम्बन्धमा मिल्छ जो आशु यि
दैवले नै जानुन सुकेर किन जाँदैनन ?

कसले पाउछन कति आराम किन सोच्दैननरुरु
गर्छन कि गर्दैनन काम किन सोच्दैनन ??
यसरि दिनानुदिन मुल्यवृद्धि गर्दा
के भैदिन्छ जनताको परिनाम किन सोच्दैनन ??

निल्किएन निष्कर्ष ,निचोड झगडा गरेर
उल्टै भैदियो सम्बन्ध ,तोडफोड झगडा गरेर
झगडा गरेर माया बड्छ भन्नेलाइ यो प्रश्न
किन भयो त मेरो बिछोड झगडा गरेर ?

मेरो थिएन सरकारी जागिर छोडेर हिड्यो
पारेर मुटुभरी पिरै पिर छोडेर हिड्यो।।
जात, धर्म,वर्ग स्तर होइन तिमि चाहिन्छ भनेले
अन्तमा आएर आखिर छोडेर हिड्यो।।

दीपा परियार (मधु)
थप जानकारी