यी ज्युँदाहरुलाई कत्ति धन भए पुग्ने रहेछ
मरे पछि एउटा सानो आँगन भए पुग्ने रहेछ

यहाँ, परिचित हुन केहि चमत्कार गर्नु पर्दैन
दुईचार जना गतिला दुश्मन भए पुग्ने रहेछ

म काठका बिंडहरूसंग पनि मित्रता राख्छु
तिमीलाई त फलामको घन भए पुग्ने रहेछ

गौशालाको भट्टि जस्तो छ कसैको मन पनि
केहि समय भिडभाड झन भए पुग्ने रहेछ

धेरै बाँच्नका लागि म औषधि खोजिरहेथ्ये
जिन्दगीमा तिम्रो आगमन भए पुग्ने रहेछ

सानु कार्की
थप जानकारी