तिमी भन्छौ ‘मलाई बाँच्न तिम्रो याद चाहिन्छु’
मलाई याद भित्र पनि मीठो संवाद चाहिन्छ॥

कसैले के को आशा गर्दो हो ठूलाहरूसित
मलाई जिन्दगीभर पुग्ने आशिर्वाद चाहिन्छ॥

ए मन जा उड् नथाकुञ्जेल न उड्ने हो यहाँ कोही।
तिमी थाकेमा भन्नेछौ पुनस् आजाद चाहिन्छ॥

चउरको छातीमा मैले हलो जोत्दा बुझेको हुँ।
सुनौलो जिन्दगीको निम्ति पनि बर्बाद चाहिन्छ॥

अँध्यारो भैदिए जीवन समस्याको सहाराले।
उज्यालो प्राप्तिका निम्ति कुनै उस्ताद चाहिन्छ॥

दीप प्रदीप कुमार
थप जानकारी