हुरी चल्छ,
बतास चल्छ,
चल्ने नचल्ने के के चल्छ चल्छ जिन्दगी को,
जे जे चलोस, जस्तो होस,
तर बदलिदैन यार ,
झुकिएर आएका अस्थायी सम्बन्धहरुले बारम्बार दुखिरहने घाउ दिदा पनि ,
दुखेको छौ ?
भन्दै थुमथुम्या इरहन्छ यार , पिडाको चक्र्वातमा फस्दा , जोगाउनु दौडिन्छ यार,
अनी सोध्छ,
धुलो त लागेन ?
अक्करेको भिरमा ठोक्किदा मेरो निधारको टुटुल्कोमा चिउरा चबाएर उसैले लाइदिएको थियो,
अनी सोधिरहन्छ,
निधारमा दाग त, बसेन नी ?
जोगीएर हिड न यार !!

समयका झोकाहरु पर पुगे पनि ,
दुनियाँको आडम्बरको सुइ काटा जहाँ फन्को मारे पनि ,
बदलिएनन मलाई कुर्ने मेरो यारका घडिको समय

कहिले मन प्रीय भयो,
कहिले मन अप्रीय भयो,
जत्ति सिरेटो ले हाने पनि जत्ति घामले पोले पनि , यार त्यहि उभिरहेको थियो, जहाँ मैले छोडेर आएकी थिय ।

परीस्थितिका ज्वारभाटा ले चुटेर म रुदा,
मेरो इमानदारीता को पहिरो ले मलाई किचेर म चिच्याउदा ,
मेरो स्वाभिमान मैलाइ दुखेर आत्तिदा कोहि थिएन मेरो छेउ ,
बस थियो त केवल मेरो यार !!
साथ दिने यार , मेरो यार !!

मां प्रेम मिरा
थप जानकारी