तिम्रै गाउँ घरका बालबच्चा विग्रिराछन
सबै कुरा तिमीलाई हेरी,
सिको सिकिराछन ।

को हुन बाल? को हुन वृद्ध?,अनपढ? बुद्ध?
हेरेकैछन सबथोक, के शुद्ध ? अशुद्ध ?

परदेशी आफ्ना भए, घरदेशी चै टाढा
आफ्नै रंग फिक्का भयो,पराईका गाढा ।

हरेक चिजको सीमा हुन्छ, आफ्ना आफ्नै थिति
भगवान नै छक्क, देख्दा मान्छेको व्यथिती ।

कस्तो संसार बन्ला खै? यो माकुराको जालले
केहि गर्न सकिन्न है अब यस्तो तालले ।

रङ्गीचंगी कुलतको नशा लाग्न सक्छ
निरश होला जीवन–आफुबाटै भाग्न सक्छ ।

धेरै खाए अमृत पनि पक्कै विष हुन्छ
बुझ्दैनन् जो समय, सम्झेर पछि रुन्छ ।

आजै बाट समयको बचत गर्ने गरौँ
जरुरीमा मात्रै यस्को खपत गर्ने गरौँ ।

प्रण गरौँ आजै बाट, बुझेर मात्र हुन्न
दिनको एक घण्टा भन्दा मरिगए छुन्न ।

😊😊😊

ठेगाना निजगढ -६ (बारा) (हाल:हेटौँडा)

सागर तिमल्सिना
थप जानकारी