सितारा मणी के अँध्यारो उज्यालो
म अन्धो हुँ एउटा छ संसार कालो

म एउटा मुसो हुँ सुरक्षित कहाँ छु
छ आकाशमा चिल जमिनमा बिरालो

गर्यो आँट खाई झिँगो भोक मेट्ने
कुनै माकुरोले फिजाएर जालो

कहाँ शत्रुले मात्र देखाउँछन् डर
यहाँ मित्रले नै समात्छन् कठालो

थिए शत्रु जाली बने मित्र जाली
पछाडि छ खोलो अगाडि भँगालो

कुशल नाथ योगी
थप जानकारी