![](https://anirudrakhabar.com/wp-content/uploads/2023/01/323527947_6558673650825698_6625641475423476342_n-682x1024.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2023/01/323527947_6558673650825698_6625641475423476342_n-682x1024.jpg)
मेरो माया मारेर के गर्न खोजेको होला ।
दिल बसाइँ सारेर के गर्न खोजेको होला ।
खोली पस्न सिकायो,पौडिन सिकाएन
भुमरीमा पारेर के गर्न खोजेको होला ।
लोभ यो रहेछ,भुँईको पो टिप्न थाल्यो
पोल्टाको झारेर के गर्न खोजेको होला ।
फोन नम्बर कण्ठ छ,छिमेकीको छोरीको
पर्खालले घर बारेर के गर्न खोजेको होला ।
कठोर बन्नु पर्छ,लडाँई जित्न भन्ने लाहुरे
पिरतीमा हारेर के गर्न खोजेको होला ।
यत्ति के भनेको थिए,आफैं ल्याउँछु बुहारी
बा ले आखाँ तारेर के गर्न खोजेको होला ।
प्रतिक्रिया दिनुहोस्