हेटौंडा । बागमती प्रदेशमा ६ लाख ६८ हजार कृषक घर परिवारको जनसंख्या रहेको कृषि गणना-२०७८ को नतिजाले देखाएको छ ।

हेटौंडामा सोमबार सार्वजनिक भएको सातौं कृषि गणना-२०७८ को बागमती प्रदेशस्तरीय नतिजाअनुसार प्रदेशमा दुई लाख ८२ हजार हेक्टर जमिन कृषि उपयोगमा रहेको तथ्यांक छ ।

गणनाअनुसार प्रदेशमा एक लाख ४ हजार ५५५ हेक्टरमा धान, एक लाख ३८ हजार ६९ हेक्टरमा मकै, २४ हजार ५८० हेक्टरमा गहुँ र २९ हजार १११ हेक्टरमा तरकारी खेती हुने गरेको छ ।