हेटौंडा । मकवानपुर जिल्लाको महत्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अंकित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुुरगढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो ।

ऐतिहासिक महत्वको मकवानपुरगढी दरबार सामान्य मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरात्व विभागले केही समय अघि जीर्णोद्धार सुरु गरेको थियो । विभागले मकवानपुरगढी दरबार परिसरमा रहेको श्री कृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेष मर्मत गरेको थियो ।

पुरानै शैलीमा मर्मत तथा संरक्षणको लागि गत आर्थिक वर्षमा पुरातत्व विभागले ठेक्का मार्फत एक करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च गरेर काम गरेको थियो । गढी दरबारको पुरानै शैलीमा मर्मत तथा संरक्षणको काम गरिएको छ ।

 

अनिल पराजुली
थप जानकारी