हेटौंडा । कृषि उत्पादन बढाउन हेटौँडाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । तरकारी तथा फलफूल उत्पादनको लागि पकेट क्षेत्रको रुपमा विकास हुँदै गएको हेटौँडा उपमहानगरपालिका–१३ का ४० जना किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा ‘तरकारी पकेट कार्यक्रम’ अन्तरगत स्थानीय कृषकहरूलाई कृषि सामग्रीहरू बितरण गरिएको छ । कृषकहरूलाई कीटनाशक औषधि छर्ने मेसिन, कृषि उपज जोख्ने डिजिटल तराजु, पानी हाल्ने हजारी, क्रेट, ट्रे, कुटो, स्प्रिडकल, सिकेचर कोदालो लगायतका सामग्री बितरण गरिएको थियो ।

त्यस्तै किसानहरूका लागि कुरिलो, गोलभेडा, लेटुस, चुकन्दर, पक्च्योइ, फर्सी, रेड क्यावेज, चाइनिज क्यावेज, कलरफुल क्याप्सिकम बीउ वितरण गरिएको सहकारीका अध्यक्ष सुरज थिङले जानकारी दिए ।

त्रिवेणी कृषि सहकारीको आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र हेटौँडा–१३ का वडाध्यक्ष पेम्बा लामाले कृषकहरूलाई सामग्री हस्तान्तरण गरे । कृषि सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले कृषिलाई व्यवसायिकरण गरेर आर्यआर्जनमा जोडिन आग्रह गरिन् । दिगो आर्यआर्जनका लागि कृषि महत्वपूर्ण पेशा भएको भन्दै उनले उपमहानगरपालिकाले सधैंव सहयोग गर्न तत्पर रहेको स्पष्ट पारिन ।

हेटौँडा उपमहानगरपालिका १२ र १३ मा व्यवसायीक रुपमा तरकारी सहित फलफूल खेती हुँदै आएको छ । त्यस क्षेत्रमा अहिले व्यवसायीक रुपमा एक सय भन्दा बढि किसान कृषि पेशामा संलग्न रहेका छन् । यहाँ मेवा, ड्रागन, फुल, तबुर्जा र तरकारीको व्यवसायीक खेती हुँर्दै आएको छ ।