हेटौंडा । किसानले रासायनिक मल र बिउको सधैं अभाव भोग्नु परेको भन्दै राप्रपाले समयमै मल बिउ उवलब्ध गराउन प्रदेश सरकार संग आग्रह गरेको छ ।

आज राप्रपाले बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालयलाई ज्ञापनपत्र बुझाउँदै किसानका समस्या हल गर्न माग गरेको हो । राप्रपाको पार्टी कार्यालयबाट र्याली सहित कृषि विकास निर्देशनालयमा पुगेर कृषि विकास निर्देनालयका प्रमुख भरत प्रसाद विडारीलाई राप्रपा कार्यकर्ताले ज्ञापनपत्र बुझाएका थिए ।

किसानलाई समयमा मल बीउ, सम्पूर्ण किसान एक हौं, किसानलाई राहत, किसान हकहितको कानुन निमार्ण गर्न माग गरिएको थियो । नेपाल कृषि प्रधान देश भएता पनि किसानले समयमा रासायनिक मल र बिउ नपाउँदा सधैं समस्या भोग्नु परेको उनीहरुले गुनासो गरेका थिए ।