हेटौंडा । मकवानपरको थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब आयोजना हुने भएको छ । शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले पर्यटन प्रवद्र्धन गर्नका लागि आगामी मंसिर ९ देखी १५ गते सम्म एक हप्ते फिल्म महोत्सब आयोजना गर्न लागेको जानकारी दिए । महोत्सवमा नेपालका चर्चीत कलाकार निर्माता निर्देशकहरुको सहभागिता रहने छ ।

थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा आयोजना हुने महोत्सवमा शन्देशमुलक चलचित्रहरु प्रर्दशन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरुका बारेमा जानकारी गराउने जोशीले बताए । कार्यक्रममा थाहानगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराउने,थाहा नगरका पर्यटन स्थलहरुका बारेमा छलफल अन्तरकृया गरी थाहा नगरलाई चलचित्रको छाँयाकन हब बनाउने मुख्य उदेश्य रहेको थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए ।

महोत्सब आयोजन गर्न करीब ३० लाख खर्च लाग्ने अनुमान छ । कार्यक्रममा थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले थाहा नगरमा हुने फिल्म महोत्सबले आन्तरीक पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताए । नेपाली चलचित्र क्षेत्रलाई छाँयाकनको हब बनाउने उदेश्यले थाहानगरको सहयोग रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,थाहा नगरपालिकाका रोजगार शाखा प्रमुख कुमार नेगी,प्रेस संयोजक शम्भु अधिकारी लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।