हेटौंडा । मकवानपुरगढीमा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ ।

पुस २८ देखि माघ १ गतेसम्म खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने समितिका संयोजक हिरा स्याङ्तानले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

१० स्थानीयतह सहित ११ समूहले प्रतियोगितामा सहभागिता जनाउने छ । प्रतियोगितामा सहभागि हुनेले पुस २७ भित्र टीम दर्ता गर्नुपर्ने छ । टीम दर्ताका लागि तीन हजार शुल्क तोकिएको छ ।

प्रतियोगिता विजेताले एक लाख २५ हजार र उपविजेताले ७५ हजार प्राप्त गर्ने छ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिताका लागि करिव पाँच लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।