हेटौंडा । थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाईनल चरणको खेल सकिएको छ । शुक्रवारदेखि सेमिफाइनल चरणको खेल हुने छ।

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नं. ९ खेलकुद विकास समितिको व्यवस्थापनमा बुधबारदेखि सुरु भएको थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगितामा विहीबार भएको क्वाटर फाईनल चरणको पहिलो खेल वडा नम्बर ८ र ११ बिच भएको थियो ।

यस खेलमा वडा नम्वर ११ ले वडा नम्बर ८ लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको थियो । यस खेलको म्यान अफ द म्याच वडा नम्बर ११ का रोशन बल भए ।

त्यस्तै क्वाटर फाईनल चरणको दोस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर १२ लाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । खेलको म्यान अफ द म्याच वडा नम्बर ७ का शुभराज गोले भए । उनले ह्याट्रिक गरे ।

क्वाटरफाईनल चरणकै तेस्रो खेलमा वडा नं. १ ले वडा नं. ४ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रातय गरेको छ । खेलको म्यान अफ द म्याच वडा नं. १ का मनिष अमात्य घोषित भए ।

सेमिफाइनल अन्तरगत शुक्रवार पहिलो खेल वडा नं. ३ र ७ बिच तथा दोस्रो खेल १ र ११ नं. वडा बिच हुने खेलकुद विकास समिति थाहा–९ चित्लाङका अध्यक्ष अमर सिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगिता विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

राज कुमार के.सी.
थप जानकारी