हेटौंडा । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुर र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा हेटौंडामा खुल्ला नकआउट सेभेन ए साइट फुटबल प्रतियोगिता शुरु भएको छ ।

२४ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता हुनले नगद ५० हजार र उपविजेता हुनेले २६ हजार सहित सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन । अन्य बिभिन्न विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

हेटौँडा—४ हुप्राचौरमा भएको प्रतियोगिताको वाग्मती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । प्रतियोगिताको पहिलो दिन ७ वटा टिमको खेलमा हुनेछन् । कार्यक्रममा महासंघ जिल्ला कमिटी मकवानपुरका अध्यक्ष सविन लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा एमाले मकवानपुरका सचिव तथा वडा नम्बर—४ का वडा अध्यक्ष नविन सिग्देल,नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की लगायतकाको सहभागिता रहेको थियो ।