sf7df8f}F, $ c;f/ . lx8g 6«]h/åf/f nlntk'/sf] uf]bfj/Ldf zlgaf/ cfof]lht 8fj/ jfl6sf ld; g]kfn jN8{–@)@@ ls ljhotf lk|oGsf/fgL hf]zL . t:jL/ M k|lbk/fh jGt, /f;;

काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।