हेटौंडा । हिमालयन राइर्डस सोसाइटीको आयोजनामा हेटौंडामा कोरा साइकल २०२२ कार्यक्रम भएको छ ।

हेटौंडा नगरका ११ वटा मन्दिरलाई परिक्रमा गर्दै १८ किलोमिटर साइकल यात्रा गरिएको सोसाइटीका सचिव राजु थापामगरले बताए । हेटौंडा ४ मा रहेको भुवनेश्वर मन्दिरबाट सुरु भई कुष्माण्ड देवी मन्दिर हुदै गोरक्षश्वर मन्दिरबाट वाइपास हुदैं तिरतिर धारा, जलेश्वर मन्दिर, वनस्खण्डी, मुत्तेश्वर, दक्षिणकाली, रुद्रेश्वर, लक्ष्मीनारायण मन्दिर हुदैं भुटनदेवी मन्दिर परिसरमा पुगेर समापन गरिएको सचिव थापामगरले बताए ।

सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै उपमेयर बानियाँले हेटौंडामा साइकल लेनको सुरु गरिएको अवस्थामा अब सडक निर्माण गर्दा साइकल ट्रयाकनै निर्माण गरिने बताए । उनले अन्य खेल जस्तै साइकलका क्षेत्रका खेलकुदलाई उपमहानगरले प्राथमिकतामा राख्दै साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, वडा नम्बर २ का विष्णुगोपाल महर्जन, वडा नम्बर ५ का सुशील घिमिरे, वडा नम्बर १० का फुर्वादोर्जे लामा लगायत विभिन्न मन्दिर समितिका अध्यक्ष एंव पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कोरा साइकलमा ८५ जनाले सहभागिता जनाएका थिए ।