हेटौंडा । मिस मकवानपुर सिजन ४ सौन्दर्य प्रतियोगिताको फाइनल असोज ३ गते हेटौंडामा हुने भएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दौ आयोजक कलिउड सुपर डान्स एण्ड फिटनेस प्राईभेट लिमिटेडले प्रतियोगितामा १५ जना सहभागी रहेको जानकारी दिएको हो ।

विजेताले ताजसहित ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै द्वितीय हुनेले ताज र नगद ३५ हजार रुपैयाँ, तृतीय हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने कलिउडका सञ्चालक सुजन श्रेष्ठले बताए ।

कुनैपनि विधामा एक वर्षसम्म कलिउड सुपर डान्स एण्ड फिटनेसमा निःशुल्क प्रशिक्षणको व्यवस्था, दुईरात तीन दिनको आन्तरिक भ्रमण, फोटो सुटको व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताको निर्णयकमा सुप्रिया श्रेष्ठ (मिस नेपाल अर्थ २०२०), पंकज सिं ठकुरी (मोडल) र एन्जिला श्रेष्ठ (उद्यमी महिला) रहेका छन् । प्रतियोगिताको क्यालिवर सुजले मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजक सिष्टरहुड फ्यासन स्टोरको रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ७ लाख रुपिया खर्च हुने आयोजकले अनुमान गरेको छ ।