हेटौंडा । फुटबल खेलको लागि उर्वर मकवानपुरको पुर्वी क्षेत्रमा चाडपर्व नजिकिएसंगै प्रतियोगिताहरु सुरु भएको छ । युवा, युवती, महिला बृद्ध, बालबालिका सबैको रोजाईमा फुटबल परेको छ अहिले ।

मकवानपुरको बागमती गाउँपालिका वडा नं. २ राईगाउँमा वडा स्तरीय फुटबल प्रतियोगिता २०७९ चलिरहेको छ । २ नं. वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता जारी छ ।

प्रतियोगिताको दोश्रो दिन बागमती गाउँपालिका वडा नं. ६ र वडा नं. ७ बिच भएको प्रतिष्पर्धामा वडा नं. ६ बिजयी भएको छ । वडा नं. ७ लाई ४–० गोल अन्तरले पराजित गर्दै वडा नं. ६ बिजयी भएको हो । त्यस्तै वडा नं. ५ ले पेनाल्टी सुट आउटमा वडा नं. ८ लाई पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै उद्घाटनको दिन वडा नं ४ को ए र वडा २ को बि बिच प्रतिष्पर्धा भएको थियो । ६–० गोल अन्तरले वडा नं. २ को बि लाई हराउँदै वडा नं. ४ ले बिजयी सुरुवात गरेको थियो ।

प्रतियोगिता सम्पन्न गराउन ४ लाख रुपियाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । असोज १० गतेबाट सुरु भएको फुटबल प्रतियोगिता १५ गते सम्म चल्ने राजकुमार सिन्चुरीले जानकारी दिए ।

१२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले ८० हजार नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ४० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।