हेटौंडा । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा न्यू स्टार युवा क्लव हेटौंडा १४ कालोपानीले आयोजना गरेको अन्डर १९ वडा नं. १३ र १४ क्लव स्तरीय नकाउट फुटबल प्रतियोगिताको फाइनलमा सगरमाथा युवा क्लव र रमनथली फुटबल क्लव बिच उपाधिको लागि भिड्न्त हुने भएको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा पेनाल्टी सुट आउटका आधारमा न्यू स्टार युवा क्लव लाई हराउदै रमनथली फुटबल क्लव फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा प्रवेश गरेको सगरमाथा र रमनथली क्लव बिच असोज १७ गते हेटौंडा १४ को कालोपानी खेलमैदानमा प्रतिष्पर्धा हुने छ । असोज ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिमहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको बिजेता तथा उपबिजेताले मेडल प्रमाण पत्र र खसी उपहार पाउने न्यू स्टार क्लव हेटौंडाका अध्यक्ष आकाश रुम्बाले जानकारी दिए । उनले युवालाई खेलकुद संग जोड्न प्रतियोगिता आयोजना गारिएको बताए ।