हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ निवासी हरि पराजुलीको तिम्रो मेरो प्रित बोलको गित बर्षा फिल्म्स यूटुभ च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

पराजुलीको शब्द रचना रहेको तिम्रो मेरो प्रित बोलको गितमा सरोज पोखरेलको संगित एवं चर्चित गायक प्रताप दास र विनिशा पौडेलको आवाज रहेको छ ।

८ मिनेट १६ सेकेन्डको भिडियो सहितको गित मकवानपुरको पर्यटकीय क्षेत्र कुलेखानी सहित बिभिन्न स्थानमा छायाँङकन गरिएको हो । गितमा अनुप बोहोरा, श्रृजना कार्की तथा बालकलाकार आलोक चौरेली र सियाना लामिछानेले अभिनय गरेका छन् ।

यस अघि पराजुलीको लेखे एउटा गित मैले, तिम्रो मुस्कानले मलाई मतायो, सानी व सानी बोलको गित सार्वजनिक भईसकेको छ । उनको शब्द तथा रचना रहेको चारैवटा गितमा चर्चित गायत प्रताप दासको आवाज रहेको छ ।