हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा भएको चौंथो संस्करणको गाउँपालिकास्तरिय फुटबल प्रतियोगिताको उपाधि बकैया ३ ले जितेको छ । बकैया ७ लाई ३–० गोल अन्तरले हराउँदै बकैया ३ ले उपाधि जितेको हो ।

यसअघि पनि ३ नम्बर वडाले तेस्रो संस्करणको उपाधि जितेको थियो । ३ नम्बर वडा पहिलो र दोस्रो संस्करणमा पनि फाइनल प्रवेश गर्दै उपविजेता बनेको थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।