हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ गुम्बाटोलमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री घाइते भएका छन । बागमतीको फापरबारीबाट राईगाँउ तर्फ आउँदै गरेको ना.१२प ५५५४ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ७० बर्षीय कान्छीमाया थिङलाई ठक्कर दिएको हो ।

मोटरसाइकल चालक बागमतीको माझगाँउ बस्ने बर्ष अन्दाजी १७ बर्षीय अभिसेक राई समेत घाइते भएका छन । घाइते दुबै जनाको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारको लागी झुरझुरे स्थित सान्वी मेडिकलमा पठाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार दुइजनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएइको छ । मोटरसाइकल प्रहरीको नियन्त्रमा रहेको छ ।