हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं.८ शान्तिपुरबाट लागुऔषध नाईट्राभेट सहित एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका वडा नं.८ बस्ने २९ बर्षिय रमेश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार लागुऔषध नाईट्राभेट १८५ ट्याब्लेट सहित राईलाई पक्राउ गरेको हो । सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा राईलाई रितपुर्वक खानतलासी गर्दा उनको साथबाट उक्त लागूऔषध नाईट्राभेट फेला परेको प्रहरीले जनाएको छ ।

राईलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ९ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।