हेटौँडा । मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको छ । गाउँपालिका मंगलबार दशैको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम मार्फत निर्वाह भत्ता वितरण गरेको हो ।

पुर्ण अपङ्गता भएका मानिसलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिएपनी आंशिकको हकमा स्थानिय सरकारले अभिभावकत्व गर्नु पर्ने भन्दै यो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । चाडपर्वमा अपाङ्गता भएका व्यक्तिलाई पनि केही राहत मिलोस् भनि यो कार्यक्रम ल्याइएको कालाखेतीले बताए ।

गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई रु ५ हजार ३ सयको दरले निर्वाह भत्ता वितरण गरेको हो ।