हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित सोमबार बिहान एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङबाट लागूऔषध गाँजा ३ किलोसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने मा अन्दाजी १९ वर्षीय सबिन स्याङबो रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार बिहान ११ बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७७८१ नम्वरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सो बसमा सवार स्याङबोको साथबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।