हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.३ लावतीमा कुटाकुट हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ४८ बर्षीय सिताराम वाईबा रहेका छन् ।

सोमबार राति ८ बजेर ३० मिनेटको समयमा स्थानीय ३४ बर्षीय दिपक स्याङतानले वाईबालाई कुटपिट गरी बेहोस बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार उनको चितवनस्थित पुरानो मेडिकल भरतपुरमा उपचार भइरहेको छ ।

बिरामीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने स्याङतान प्रहरी चौकी चैनपुरको नियन्त्रणमा रहेको बताईएको छ ।