हेटौंडा । मकवानपुरको राक्सिराङमा लडेर एक जना घाइते भएका छन् । राक्सिराङ गाउँपालिका वडा नं.४ पञ्चमी बस्ने ४१ बर्षीय ईमान सिङ थिङ लडेर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार गाँउबाट घर तर्फ आउदै गर्दा अचानक बाटोमा लडेर थिङ घाईते भएका हुन् । टाउकोमा गहिरो चोट उनको सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।