हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले भोलि फागुन १६ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माझी समुदायको लदी पुजा पर्वको उपलक्ष्यमा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार गत ५ गते पालिकाको निर्णय बमोजिम सार्वजनिक बिदा दिइएको हो ।

सोमबार सूचना सार्वजनिक गर्दै पालिकाले बकैया गाउँपालिका लगायत पालिकाका कार्यालयहरु बन्द हुने जनाएको छ । त्यस्तै बागमती गाउँपालिकाले पनि भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।