हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा निःशुल्क आँखा शिविर भएको छ । ३ सय २० जनाले आँखाको परिक्षण गरेका मध्ये २६ जनामा मोतियाबिन्दु देखिएको हो । ८६ जनाको आँखामा समस्या देखिएको कारण चस्मा वितरण गरिएको मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।

हेटांैडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा मनहरी गाउँपालिकाको आयोजना तथा ५ नम्बर वडा कार्यालयको सह–आयोजनामा शुक्रबार बसन्तपुरको वडा कार्यालयमा आँखा शिविर भएको थियो ।

मोतियाबिन्दु भएकाहरुलाई सोमबार वा मंगलबार शल्यक्रिया गरिने कार्यक्रम संयोजक सुशील कुमार सिंहले बताए । मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरको प्रमुख आतिथ्यता तथा ५ नम्बर वडाको वडा अध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रममा ५ नम्बर वडा सचिब बिदुर पाठक, वडा सदस्यहरु, टोल विकास समितिको प्रतिनिधिहरु, स्थानीय स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।