हेटाै‌डा । मनहरी गाउँपालिकामा ४५ दिने एडभान्स सिलाई कटाई सीप सिकेका महिलाहरूलाई मंगलबार सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान गरेको छ ।

महिला सशक्तीकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख २५ गतेबाट मनहरी बजारमा भएको ४५ दिने एडभान्स तालिम समापन कार्यक्रमपश्चात् सीप सिकेका २० जना सहभागीलाई सिलाई मेशिन हस्तान्तरण गरिएको हो ।

मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सहभागी २० जनालाई सिलाई मेशिन तथा प्रमाणपत्र वितरण गरिएको हो ।

मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले महिलालाई सीप सिकाएर गरिखाने बनाउने लक्ष्यसहित दिईएको तालिममा सिकेको सीप उपयोग गरेर आत्मनिर्भर बनी अरुलाई पनि रोजगारी दिन सहज हुने बताए ।

तालिम समापन तथा मेशिन वितरण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, महिला सशक्तीकरण तथा गरिबी निवारण समुह मकवानपुरको अध्यक्ष ईन्दिरा न्यौपाने, समृद्ध नेपालकी उपाध्यक्ष दीपा पौडेल बानियाँ, प्रशिक्षक लक्ष्मी प्रजा, सहभागी सरिता वाईबालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।