हेटौंडा । मकवानपुरको मनहरीमा गुडिरहेको बसबाट बुधवार साँझ हामफाल्दा एक युवती गम्भीर घाईते भएकी छन् ।

पुर्व–पश्चिम सडक खण्डको मकवानपुर मनहरी –७ बिजौनामा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना ३ ख ७८२० नम्बरको बस रोक्ने क्रममा बसबाट हामफाल्दा बसमा सवार ओखलढुङ्गा मुलखर्क– ८ बस्ने २१ बर्षकी दुर्गा गौतम गम्भीर घाइते भएकी हुन् ।

उनलाई मनहरीमा समान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर पठाएको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । बस तथा चालक मनहरी प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।