हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले रैथाने बालिलाई अनुदान दिने कार्यक्रम सहित ६८ करोड ५४ लाखको बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले भौतिक पुर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

भीमफेदी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ मा रैथाने बालीलाई अनुदान दिने भएको छ । आइतबार सम्पन्न १० औं गाउँसभामा रैथानेबालीमा खडेरी र बिउविजन नपाउने जस्ता समस्याका कारण किसानले भोग्नुपरेको समस्यालाई मनन गर्दै उत्पादनको आधारमा अनुदान दिने भएको हो ।

कृषकहरुले चरम खडेरी, मल र बीउको अभावजस्ता विविध समस्याहरु झेल्नुपरेको कारण भीमफेदीको प्रमुख खाद्यबालीको रुपमा रहेको मकैको उत्पादनमा २५ प्रतिशतले कमी हुने आँकलन गरिएको बताइएको छ । यसबाट गाउँपालिकाका कृषक परिवारमा खाद्यसङ्कट र भोकमरीको अवस्था सृजना हुन नदिन र कृषि पेशाबाट हुने जनशक्ति पलायनलाई रोक्न रैथाने खाद्यबालीहरु कोदो, फापर खेतीमा उत्पादनका आधारमा आवश्यक कार्यविधि निर्माण गरी नगद अनुदान उपलब्ध गराइनेछ बताइएको हो । १ हजार रोपनीमा रैथानेबालिको खेति गर्ने र ५० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ ।

भीमफेदी गाउँपालिकाको आ.व. २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम ।

भीमफेदी गाउँपालिकाको आ.व. २०८०८१ को बार्षिक नीति तथा कार्यक्रम