हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवा र महिलाको कार्यक्रम र बजेटमा पनि अपाङगता भएका ब्यक्तीको अधिकार रहेको बताइन् । मन्त्रालयको आयोजनामा अपाङगता भएका व्यक्तिहरुलाई सहायता सामग्री बितरण गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताइन् ।

मन्त्री मोक्तानको अनुसार अपाङगता भएका ब्यक्ती युवा र महिलाको पनि हुने हुनाले उक्त बिषयमा बिनियोजित बजेत तथा कार्यक्रममाथी अधिकार रहेको बताइन् । उनले भनिन“ यो पटक बजेटको सिलिङ नै घटेर आएकोले मन्त्रालयले अपाङगता भएका ब्यक्तीको लागि ल्याएको कार्यक्रम प¥याप्त नहुन सक्छ यद्यपी अन्य क्षेत्रसंग पनि मिलाएर हामी अभिभाबकत्व निर्बाह गर्न चुक्दैनौं ।” उनले सरकारको सिमित श्रोत साधन र बजेटको कारण असिमित समस्याको समाधान गर्न नसकेपनि न्युनिकरणको प्रयत्न गरिने बताइन । उनले मन्त्रालयले हस्तान्तरण गरिरहेको सहायता सामग्री प¥याप्त नभएपनि राहत भने हुने जनाइन ।

कार्यक्रममा ७० जना अपाङगता भएका ब्यक्तीहरुको लागि सहायता सामग्री प्रदान गरिएको छ । मन्त्रालयको १५ लाख बजेटमा गुणस्तरिय सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । सामग्रीहरुमा ह्विल चियर, कृत्रिम खुट्टा, बैसाखी, श्रबण यन्त्र, फोडिङ बेड, सेतो छडी आदी रहेको बताइएको छ ।