हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं ३ पलाँसेमा रहेको सीता अशोक बाटिकामा भगवान सीता र त्रिजटाको मूर्ति आज प्राण प्रतिष्ठा गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा गुरु पूर्णिमाको अवसरमा धार्मिक समारोहका बीच सीता र त्रिजटाको मूर्ति प्राण प्रतिष्ठा गरिएको हो ।

मूर्ति प्राण प्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले धार्मिक पर्यटकीय आकर्षणको दृष्टिले अन्तयन्तै राम्रो स्थान भएकाले यसको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । यहाँका सबैले गर्व गर्ने विषय भएको छ, उनले भने–‘एउटा पर्यटकीय स्थलको सुरुवात भएको छ, यसलाई अगाडि बढाउनु सबैको दायित्व हो ।’ धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक राज्य स्तरको केन्द्र, प्रदेश र स्थानीयतह सबैको सहयोगको उनले शुभकामना पनि दिए ।

कार्यक्रममा जानकी मन्दिर जनकपुरबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै दूधमती नदीबाट ल्याइएको जल शेचन गंगा सागार आरती गर्ने पण्डित दिनेश भण्डारीले आरती गरेका थिए ।

सीता अशोक बाटिकाको संरक्षण, सम्बद्र्धन गरी धार्मिक पर्यटनलाई टेवा दिनका निम्ति सीता अशोक बाटिकामा भगवान सीता र अपहरणकालमा राक्षस बर्गबाट उनलाई रेखदेख गर्न राखिएकी त्रिजटाको मूर्ति स्थापना गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिए । वन जोगाउनु भनेको केही रुख विरुवा र जनावर जोगाउनु मात्र नभई इंतिहास, सभ्यता र संस्कृतिका साथसाथै समृद्धि जोगाउनु हो भन्ने तथ्यलाई मनन गर्दै उक्त स्थानलाई प्रकृति र संस्कृतिको संगम स्थलको एक अंशका रुपमा विकास गरिने प्रतिवद्धता समेत उनले जनाए ।

करिव एक सय वर्ष पुरानो इतिहाँस रहेको अशोक बाटिकालाई प्राकृतिक र धार्मिक दुबै तवरबाट संरक्षणको निम्ति राप्ती डिभिजन वन र भर्याङ कालिका सामुदायिक वनको सहकार्यमा गतवर्ष प्रदेश सरककारको पर्यापर्यटन कार्यक्रम अन्तर्गत रु ५ लाख बजेटमा उक्त क्षेत्र वरपर सरसफाई, पर्खाल निर्माण, धारा माथिको असोकमा चौतारा निर्माण भएको र यस वर्ष संघीय सशर्ततर्फ रु १० लाखको बजेटमा अपुरो पर्खाल निर्माण, सरसफाई, २ वटा मूर्ती निर्माण, स्थापना र ५ वटा गौमुख धाराको निर्माण गरिएको उनले बताए । कार्यालयले भविष्यमा भएका असोकलाई संरक्षण गर्दै हजारौँ अशोकको रोपण गरेर अशोकको अध्ययन र बिउ संकलन केन्द्रको रुपमा स्थापति गर्ने अभियानमा लागिपरेको उनले बताए ।

त्यस्तै पूर्णकदको सीता र त्रिजटाको मूर्ति निर्माणकर्ता मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनलाई सम्मान गरिएको छ । प्रदेश प्रमुख शर्मा र डिभिजन प्रमुख आचार्यले संयुक्त रुपमा ब्लोनलाई सम्मान पत्र प्रदान गरेका थिए । उनले साँढे दुई महिना लगाएर सो मूर्ति निर्माण गरेका थिए । स्कुले जीवनदेखि मूर्ति बनाउन थालेका ब्लोनले हालसम्म करिव २ सय पूर्ण र अर्ध कदको मूर्ति निर्माण गरिसकेका छन ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन अधिकृत शिव सापकोटा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौंला, ‘क्लिन जनकपुर, ग्रिन जनकपुर,’ गंगा साँगर सफाइ अभियान्ता सुरेश शर्मा, मिथिला वाईल्डलाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, दूधमती नदी संरक्षणका अभियान्ता सुदिप मण्डल लगायतकाको उपस्थिती रहेको थियो । डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरको आयोजनामा भएको कार्यक्रम राक्सिराङ गाउँपालिकाले समन्वय तथा भ¥याङ कालिका सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा भएको थियो ।