हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ नं. वडा भित्र सुत्केरी हुने महिलाहरुलाई पोषणा सामाग्री उपलब्ध गराईने भएको छ ।

८ नं. वडा अध्यक्ष इन्द्रमणी तिमल्सिना (केशव) ले आफ्नो तलव वापत प्राप्त हुने रकमले वडाभित्र सुत्केरी हुने महिलाहरुलाई सुत्केरी पोषणा सामाग्री उपलब्ध गराउने भएका हुन् । २०८० साउन १ गतेदेखि २०८१ असार मसान्त सम्म सुत्केरी हुने महिलाहरुलाई पोषणा सामाग्री उपलब्ध गराउन लागिएको हो ।

सुत्केरी महिलाको पोषणमा सुधार ल्याउने उद्देश्यले मैले मेरो व्यक्तिगत खर्चबाट सुत्केरी पोषण सामाग्री उपलब्ध गराउने निर्णय गरेको हुँ, ८ नं. वडा अध्यक्ष तिमल्सिनाले भने । उनले सुत्केरी भएको १५ दिनभित्र सम्बन्धीत परिवारको सदस्यले वडा कार्यालयमा उपस्थित भएर जानकारी गराउनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रमाणपत्र (बर्थ सर्टिफिकेट) र बच्चाको जन्मदर्ता गराएको प्रमाणपत्र पेश गर्नुपर्ने जानकारी दिए ।