हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.२ बलेटारमा एक वृद्धमाथि कुटपिट भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार साँझ स्थानीय ५७ बर्षीय धन बहादुर ब्लोनले ६३ बर्षीय बिमान सिं मोक्तानलाई कुटपिट गरेका हुन् ।

ब्लोनको कुटाईबाट मोक्तान घाइते भएका छन् । उनको उपचारका लागि चितवन पठाईएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।