हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीभित्र एक अर्कामा आरोपप्रत्यारोप नगरी पार्टी सुदृढिकरण गर्दै लैजानुपर्ने बताएकी छिन् ।

नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेशसभा (क) को आयोजनामा विहीबार मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८, फापरवारीमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै विगतका कमिकमजोरी सुधारेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले अब सबै एक ढिक्का भएर पार्टी निर्माणमा लाग्न्ुपर्ने बताइन् ।

नेपाली काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क)का सभापति सुशान्त कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, काँग्रेस नेताहरु आनन्दराम पराजुली, यतिराज सापकोटा, दामोदर खनाल, इन्दिरा न्यौपाने, निलम देवकोटा, धर्मराज लामिछाने, बागमती गाउँपालिका सचिव शंकरकुमार पराजुली लगायतकाको सहभागिता रहेको थियो ।