हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा मंगलबार दिउँसो मिनीट्रक दुर्घटना भएको छ ।

हेटौंडा बजार तर्फबाट फापरबारी तर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्बरको मिनीट्रक (पानीलोड) आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी चालक बकैया गाउँपालिका वडा नं.७ हर्दा बस्ने २६ बर्षीय युबराज सापकोटा र सहचालक बकैया गाउँपालिका वडा नं.६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा घाइते भएका छन् ।

सापकोटाको टाउँकोमा मध्यम र लामा टाउँकोसंगै अनुहारमा गम्भीर चोट लागेको छ । घाइते सापकोटाको हेटौंडा अस्पताल र लामाको चितवनस्थित पुरानो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।