हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा नं. १ रानीशेरामा बारीमा लडेर एक बृद्धाको मृत्यु भएको छ ।

आफ्नै बारीमा लडेर मकवानपुरगढी–१ की ६२ बर्षीय बिष्णुमाया बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्तिक २७ गते बेलुका घरबाट हिड्नु भएकी बम्जनले बेला बेलामा मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीको भनाई छ ।

बुधबार साँझ बम्जन घरदेखी २०० मिटर दक्षिणमा रहेको आफ्नै बारीमा लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । बम्जनको शव हेटौंडा अस्पतालमा रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।